सानिमा बैंकका सेयरधनीलाई खुशीको खबर, बैंकले प्रस्ताव गर्यो १७.८९ प्रतिशत लाभांश

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ । प्रस्तावित लाभांश नगद लाभांश कर प्रयोजनका लागि सेयरधनीलाई बैंकले दिने भएको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स