मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ५ जनाले पाए ११ कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। शुक्रबार बिक्री प्रबन्धक सनराइज क्यापिटलले सेयरबाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार आईपीओमा कुल १४ लाख २४ अह्जर ३ सय ५१ आवेदकबाट १ करोड ५५ लाख ७९ हजार ८ सय कित्ताको आवेदन परेको थियो । जस मध्ये ७ हजार ५ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । योग्य आवेदकको संख्या १४ लाख १७ हजार ३ सय ४६ रहेको छ।

माग भन्दा बढीको आवेदन परेकोले क्यापिटलले योग्य रहेका १४ लाख १७ हजार ३ सय ४६ जनालाई गोलाप्रथामा सहभागी गराएर गोलाप्रथा मार्फत सेयर बाँडफाँट गरेको छ । जस अनुसार २ लाख २६ हजार ४ सय ६५ जनाले सेयर पाएका छन् भने तीमध्ये ५ जनाले ११ कित्ता सेयर पाएका छन् । बाँकीले १० कित्ताका दरले सेयर पाएका छन् ।

कम्पनीले फागुन ४ देखि फागुन १० गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारणले आवेदन दिएका छन् ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, र विदेशमा रहेका नेपाली श्रमिकलाई सेयर निष्कासन गरि बाँडफाँट गरि सकेको छ ।

नतिजा प्रकाशन भएको केहि समयपछि यी ३ तरिकाबाट नतिजा हेर्न सकिने छ।

१.बिक्री प्रबन्धक सनराइज क्यापिटलको वेबसाइट : https://www.sunrisecapital.com.np/
२.सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट : iporesult.cdsc.com.np/  बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स