यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक २६.४८ अंकले घटेर १९६९.०१ अंक विन्दुमा आइपुगेको छ ।

आज ३६ लाख ५७ हजारको कित्ता सेयर १ अर्ब ३३ करोड ६३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९४ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आज बुद्धभूमि नेपाल हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको ४.२९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

युनिक नेपाल लघुवित्तमा ४.०२, बोर्टलर्स नेपाल (तराई)मा ३.९१, लक्ष्मी उन्नती कोषमा ३.७८ र समलिङ पावरमा ३.६४ प्रतिशतले सेयर उकालो लागेको छ ।

त्यस्तै, ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी घटेको छ । कम्पनीको ७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

स्वाभिमान लघुवित्तको ५.८०, नाडेप लघुवित्तको ५.७४, सिटिजन्स म्यचुअल फण्डको ५.६३ र सनराइज ब्ल्युचिप फण्डको ५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स