नेप्सेमा दुई कम्पनीको सेयर सूचीकृत, ओपनिङ रेन्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ वटा कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिहीबार शुभम पावर लिमिटेड र सुपर मादी हाइड्रोपावर लिमिटेडको सेयर सूचीकृत भएको हो ।

जसअनुसार, शुभम पावरको २० लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ८८.४८ रुपैयाँ देखि २६५.४४ रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । कम्पनीको आईपीओ ‘एसपीएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

त्यस्तै, सुपर मादी हाइड्रो पावरको २ करोड १० लाख कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले पहिलो कारोबारको लागि ९९.८० रुपैयाँ देखि २९९.४० रुपैयाँ सम्मको रेन्ज तोकिएको छ । कम्पनीको ‘एसएमएचएल’ सिम्बलबाट कारोबार हुने छ ।

अब यस रेन्ज बीचको जुनसुकै मूल्यबाट दुवै कम्पनीको पहिलो कारोबार हुनसक्ने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

अब आइतबारको स्पेसल प्रि-ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा दुवै कम्पनीको सेयर कारोबार हुने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स