मोलुङ हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने मिति तय, २ लाख २६ हजार ४६५ जनाले १० कित्ता सेयर पाउने

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले भोलि (फागुन १९ गते) बिहान ९ बजे कम्पनीको सेयर बाँडफाँट गर्न लागेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा ७.३२ गुणा बढी आवेदन परेको थियो । जसमा १ अर्ब ६५ करोड ९० लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो ।

कम्पनीको आईपीओमा १४ लाख ८७ हजार ५८४ जनाले १ करोड ६५ लाख ९० हजार १७० कित्ताका लागि आवेदन दिएका हुन् । मागभन्दा बढी आवेदन परेका कारण आईपीओ गोलाप्रथाद्वारा बाँडफाँट हुनेछ ।

सर्वसाधारणले २२ लाख ६४ हजार ६५५ कित्ता सेयरका लागि आवेदन दिएका छन् । जसअनुसार २ लाख २६ हजार ४६५ जनाले १० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी १२ लाख ६१ हजार १२८ जनाको हात खाली हुनेछ ।

कम्पनीले फागुन ४ गतेदेखि फागुन १० गते सम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिएका छन् ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, र विदेशमा रहेका नेपाली श्रमिकलाई सेयर निष्कासन गरि बाँडफाँट गरि सकेको छ ।

कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स