काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले लाभांश वितरण गर्न अनुमति पाएको छ।
कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको हो ।
कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेकोमा आयोगबाट स्वीकृत भएको हो ।
योसँगै, अब कम्पनीले आगामी वार्षिक साधारणसभाबाट लाभांश अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्नेछ।