आर्दश लघुवित्तमा लाग्यो सकरात्मक सर्किट, यस्ता छन् आज कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ अंक विन्दुमा आइपुगेको छ ।

आज ३७ लाख २९ हजारको कित्ता सेयर १ अर्ब २८ करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, २० वटा कम्पनीको सेयर मूल्य बढ्दा १८९ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आर्दश लघुवित्तमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

बराही हाईड्रोपावरमा ४.५८%, खप्तड लघुवित्तमा २.७४%, मनकामना स्मार्ट लघुवित्तमा २% र नारायणी विकास बैंकको १.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, बोटलर्स नेपाल (तराई)को ९.६१%, सिवाइसी लघुवित्तको ५.७६%, उन्नती सहकार्य लघुवित्तको ५.४४%, उपकार लघुवित्तको ५.४२% र एनआइसी एशिया लघुवित्तको ५.१५ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स