काठमाडौं । सेयरबजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
बुधबार, नेप्से परिसूचक २४.४४ अंकले घटेर १९९५.४९ अंक विन्दुमा आइपुगेको छ ।
आज ३७ लाख २९ हजारको कित्ता सेयर १ अर्ब २८ करोड ८३ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, २० वटा कम्पनीको सेयर मूल्य बढ्दा १८९ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, उपर तामाकोसीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ७२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्सको ८ करोड ४० लाख, हिमालयन डेष्टिलरीको ३ करोड ३६ लाख, एनआईसी एसियाको ३ करोड २४ लाख, युनिर्भसल पावर कम्पनीको ३ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।