काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले लक्ष्मी लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो ।
लघुवित्तले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
लक्ष्मी लघुवित्तको १५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ ।
कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रतिकित्ता ९४८ रूपैयाँको आधारमा नेप्सेले १५ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य प्रतिकित्ता ८२४.३५ रुपैयाँ कायम गरेको छ ।
योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा भोलिबाट कारोबार हुनेछ ।