तीन कम्पनीमा लाग्यो सकरात्मक सर्किट, यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । मंगलबार, नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख ४६ हजारको कित्ता सेयर १ अर्ब ३८ करोड ७८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आधिखोला, आदर्श र खप्तड लघुवित्तमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। सिद्धार्थ इन्स्योरेन्स कम्पनीको ६.४१%, स्र्पोट माईक्रोफाइनान्सको ५.७६ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्सको ३.८५%, राप्ती हाइड्रोपावरको ३.८४%, सामलिङ पावरको ३.७९%, तारागाँउ रिजेन्सी एण्ड होटलको ३.७८% र स्वाभिमान लघुवित्तको ३.२९ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स