यस्ता छन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । सेयरबजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

मंगलबार, नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख ४६ हजारको कित्ता सेयर १ अर्ब ३८ करोड ७८ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८८ वटा कम्पनीको सेयर मूल्य बढ्दा ११८ वटा कम्पनीको घटेको छ भने १० वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, युनिर्भसल पावर कम्पनीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ५५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ५० लाख, सानिमा माई हाइड्रोपावरको ६ करोड ४६ लाख, निफ्राको ३ करोड ७६ लाख र हिमालयन डेष्टिलरीको ३ करोड ४४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स