काठमाडौं । राजनीतिक अन्योलताका कारण घट्न थालेको सेयर बजारले आज सोमबार पनि निरन्तरता पाएको छ । आज सोमबार ३.६५ अंकले घटेको बजारमा १ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको हो । घट्दो सेयर बजारमा पनि बढी सेयर खरिद गर्ने कम्पनी कम छैनन् । बजारी माहोल घट्दै गएको बेलामा पनि किन यी कम्पनीहरूले बजारलाई विश्वास गरेर लगानी गरे । घट्दो बजारमा पनि बढी सेयर कारोबार गर्ने यी हुन् १० कम्पनी ।
सो कारोबारमा सबैभन्दा बढी कारोबार नासा सेक्युरिटिज्ले गरेको छ । जहिले पनि सेयर कारोबारमा टपमा रहने नासा सेक्युरिटिज्ले जम्मा २८ करोड २३ लाखको कारोबार गर्दा १८ करोड १ लाख रुपैयाँको सेयर बिक्री गरेर १० करोड २१ लाख रुपैयाँको सेयर खरिद गरेको छ ।
इम्पेरियल सेक्युरिटीसले कुल १७ करोड ७३ लाख रुपैयाँको कारोबार गरेको छ । सो कारोबारमध्य ९ करोड ८९ लाखको सेयर खरिद गरेको छ भने ७ करोड ८४ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।
१६ करोड ३३ लाख रुपैयाँको कारोबार गरेको अनलाइन सेक्युरिज्ले ९ करोड ३० लाखको सेयर खरिद गरेको छ भने ७ करोड २ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।
आर्यतारा सेक्युरिटीले आज सोमबार कुल ११ करोड ८० लाख रुपैयाँको सेयर कारोबार गरेको छ । सो कारोबारमध्य ६ करोड १ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ भने ५ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको छ ।
डाइनामिक मनी म्यानेजर सेक्युरिटीले ११ करोडको कारोबार गर्दा ५ करोड ७५ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ५ करोड ७० लाख रपैयाँको सेयर बिक्री गरेको छ ।
श्रीकृष्ण सेक्यरिटिज्ले आज सोमबार १० करोड ९६ लाख रुपैयाँको सेयर कारोबार गरेको छ । उक्त ब्रोकर कम्पनीले ५ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेर ५ करोड १० लाख रुपैयाँको सेयर बिक्री गरेको हो ।
त्यसरी नै प्रिमियर सक्युरिटिज्ले ५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेर ४ करोड ७७ लाख रुपैयाँको सेयर बिक्री गरेको छ । सो दिन कम्पनीको कुल कारोबार रकम १० करोड ७२ लाख रुपैयाँ रहेको छ ।
सानी सेक्युरिटीस्ले १० करोड ३३ लाखको कारोबार गर्दा ६ करोड ३३ लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ३ करोड ९९ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।
एशियन सेकयुरिटिज् ८ करोड १९ लाखको कारोबार गर्दा ४ करोड ९९ लाख रुपैयाँ मूल्य बराबरको सेयर खरिद गरेको छ भने ३ करोड ५० लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।
लिन्च स्टक मार्केटले आज सोमबार ७ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार गर्दा ४ करोड ५० लाख रुपैयाँको सेयर खरिद गरेको छ भने ३ करोड ९ लाख रुपैयाँको सेयर बिक्री गरेको छ ।