दुई लघुवित्तको सेयरमूल्य समायोजन, भोलि कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले ग्लोबल आइएमई लघुवित्त र आदर्श लघुवित्तको सेयरमूल्य समायोजन गरेको हो ।

यी दुई कम्पनीले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

जसमा, ग्लोबल आइएमई लघुवित्तको १२ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रतिकित्ता १००३.५० रुपैयाँका आधारमा नेप्सेले १२ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूलय प्रतिकित्ता ८९५.९८ रुपैयाँ कायम गरेको छ ।

त्यस्तै, आदर्श लघुवित्तको २० प्रतिशत बोनस सेयरमा सेयरमूल्य समायोजन भएको छ । कम्पनीको आज सेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम प्रतिकित्ता १६५० रुपैयाँका आधारमा नेप्सेले २० प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य प्रतिकित्ता १३७५ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा भोलिबाट कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स