नेप्सेमा दुई इन्स्योरेन्ससहित चार कम्पनीको ८३ लाखकित्ता बढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई इन्स्योरेन्ससहित चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

सोमबार प्रिमियर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स र सोल्टी होटेलको गरि कुल ८३ लाख २० हजार ६८० कित्ता बोनस सेयर सूचीकृत भएको हो।

जसअनुसार, प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशतले हुन आउने १७ लाख ४९ हजार ४५१ कित्ता, नेपाल इन्स्योरेन्सको ८ प्रतिशतले हुन आउने ११ लाख ५७ हजार ६९६ कित्ता, मेरो माइक्रोफाइनान्सको १० प्रतिशतले हुन आउने १२ लाख कित्ता र सोल्टी होटेलको ५ प्रतिशतले हुन आउने ४२ लाख १३ हजार ५३३ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स