काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले दुई जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको छ ।
बोर्डले माई खोला हाइड्रोपावर र मोदी इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।
अनुमति पाएसँगै माई खोला हाइड्रोपावरले चुक्तापुँजीको ४९ प्रतिशत सेयर निष्कासन गर्ने छ । कम्पनीले १०० अंकित दरका कुल १९ लाख २१ हजार ५६ हजार ८०० कित्ता सेयर स्थानीय र सर्वसाधारणलाई जारी गर्ने छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
त्यस्तै, मोदी इनर्जीले २५ प्रतिशत बराबरको आईपीओ निष्कासन गर्ने छ । कम्पनीले ७२ लाख ५० हजार कित्ता सेयर स्थानीय र सर्वसाधारणलाई जारी गर्ने छ ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।