यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । आइतबार, नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ अंक विन्दुमा आइपुगेको छ ।

आज ६५ लाख १५ हजारको कित्ता सेयर २ अर्ब ५२ करोड ५० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६२ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, विजय लघुवित्तको ७.९४, ग्रिन डेभलपमेन्ट बैंकको ७.६०, अभियान लघुवित्तको ७.२६, मिरमिरे लघुवित्तको ६.९६ र आरम्भ चौतारी लघुवित्तको ६.९४ प्रतिशतले सेयर मुल्य बढेको छ ।

त्यस्तै, सिटिजन्स् म्यूचल फण्डको ७.८५, जनउत्थान लघुवित्तको ५.३६, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको ३.९५, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ३.९४ र सानिमा लार्ज क्यापको ३.४१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स