सामान्य अंकले बढ्यो नेप्से, साढे २ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् सर्वाधिक खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । लगातार ओरालो लागेको सेयरबजारमा हरियाली देखिएकोे छ ।

आइतबार, नेप्से परिसूचक ४.५५ अंकले बढेर २०२७.१९ अंक विन्दुमा आइपुगेको छ ।

आज ६५ लाख १५ हजारको कित्ता सेयर २ अर्ब ५२ करोड ५० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ६२ वटा कम्पनीको घटेको छ भने ९ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ५८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एसियाको ७ करोड ८६ लाख, छिमेक लघुवित्तको ७ करोड १६ लाख, जीवन विकास लघुवित्तको ६ करोड ९६ लाख र नेष्डो लघुवित्तको ६ करोड ९५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स