बलेफी हाइड्रोपावरले ५० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो।

कम्पनीले बैंक ऋण चुक्ता गर्नका लागि हालको चुक्तापुँजीको १ बराबर ०.५ अनुपातमा हकप्रद सेयर निष्कासनको लागि आगामी वार्षिक साधारण सभामा स्वीकृतिको लागि प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।

वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि कम्पनीले नियमनकारी निकायहरुबाट अनुमति लिएर हकप्रद जारी गर्नेछ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स