आत्मनिर्भर लघुवित्तको आईपीओमा पहिलो दिनमै कति पर्यो आवेदन ?

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा पहिलो दिनमै २४.५० गुणाबढी आवेदन परेको छ ।

बिहीबार साँझ ५ः०९ बजेसम्ममा ३ लाख ६६ हजार २३८ जना आवेदकबाट ४१ लख ६० हजार ४६० कित्ता सेयरको लागि आवेदन परेको सिडिए एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणको लागि निष्कासन गरेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरको २४.५० गुणा बढी हो ।

लघुवित्तले आफ्नो जारी पुँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता सेयर सर्वाजनिक निष्काशनका लागि छुट्याएको थियो ।

सोमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा माग भन्दाबढी आवेदन परेकोले फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स