साढे २ अर्बमाथिको कारोबार हुँदा यस्ता छन् सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ अंक विन्दुमा आइपुगेको छ ।

आज ६३ लाख २६ हजारको कित्ता सेयर २ अर्ब ५२ करोड २७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १४ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०३ वटा कम्पनीको घटेको छ भने १ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, छिमेक लघुवित्तको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ८ करोड ७० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, एनआइसी एसियाको ७ करोड ९६ लाख, हिमालयन डेष्टिलरीको ७ करोड २१ लाख, साना किसान लघुवित्तको ६ करोड ६ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६ करोड २८ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स