नेप्सेमा हरियाली छाएसँगै यस्ता छन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बुधबार, नेप्से परिसूचक ३३.५७ अंकले बढेर २०८०.३८ अंक विन्दुमा आइपुगेको छ ।

आज ४७ लाख ७९ हजारको कित्ता सेयर १ अर्ब ८० करोड ३२ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १६५ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४९ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, लिबर्टी इनर्जीको ९.८०%, छयाङदी हाइड्रोपावरको ९.५६%, दोर्दी खोलाको ९%, पीपल्स् पावरको ८.४०% र रिभर फल्स्को ७.८० प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, आदर्श लघुवित्तको १०%, खप्तड लघुवित्तको ७.८५%, उपकार लघुवित्तको ६.९९%, सिर्जनशील लघुवित्तको ५.८८% र आधिखोला लघुवित्तको ५.१६ प्रतिशतले सेयर मुल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स