नबिल बैंकको ३ लाख कित्ता सेयर, कति छ प्रति कित्ताको मूल्य ?

काठमाडौं । नबिल बैंकको ३ लाख कित्ता सेयर आज फागुन १० गतेबाट बिक्रीमा राखिएको छ । बैंकले संस्थापक समूहको ३ लाख कित्ता सेयर बिक्रीमा राखेको हो। यो सेयर खरिदका लागि संस्थापक सेयरधनीलगात अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन् ।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकेको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा १ हजार कित्ताको गुणनमा सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटलको काठमाडौंको कमलपोखरीस्थित कार्यालयमा गएर खरिद आवेदन दिन सक्नेछन् । खरिद आवेदन यही फागुन २५ गतेसम्म दिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स