काठमाडौं । सेयर कारोबारमा फेरि चलखेल भएको छ । घटेको बजारमा निश्चित ब्रोकरहरूले केहि कम्पनीको सेयर मूल्य बढाएर फेरि चलखेल सुरु गरेका हुन् । कहिले कम्पनी नै खडा गरेर चलखेल गर्ने त कहिले कम्पनीको सेयर मूल्य घटबढ गरेर बजारमा चलखेल गर्ने प्रवृत्ति बढेको छ ।
दोस्रो बजारमासेयरमा चलखेल हुनु उति नौलो विषय चाहिँ होइन । सोमबार कारोबार भएका जलविद्युत कम्पनीहरुमध्ये बाराही जलविद्युत कम्पनीको सेयरमूल्यमा तीब्र चलखेल देखिएको छ ।
केहि दिन अघि नेपाल टेलिकमको अन्तिम १ मिनेटमा अस्वाभाविक कारोबार भएको देखिएको थियो भने हिजो बाराही जलविद्युतको पनि त्यस्तै देखिएको छ ।
हिजो दिनभरको कारोबारमा ६६७ रुपियाँसम्म पुगेको यो जलविद्युत कम्पनीको सेयर अन्तिम समयमा १० कित्ता ६१० रुपैयाँमा सेयर बेचेर मूल्य घटाइएको छ । ती लगानीकर्ताकाअनुसार दिनभर बढेको कम्पनीमा एकैपटक १० कित्ता राखेर केही सेकेण्डमै मूल्य ५७ रुपैयाँले घटाइएको छ ।
त्यस्तै नेपाल टेलिकमको सेयर पनि यस्तै चलखेल भएको छ । पुस ७ गते सोमबार दिनभर बजार १० देखि १५ अंकले तल घटेको थियो । अन्तिम समयसम्म ९०० रुपैयाँभन्दा तल कारोबार भएको एनटीसीको सेयरभाउमा बजार बन्द हुन १ मिनेट मात्र बाँकी रहँदा ९५३ रुपैयाँमा कारोबार भएको छ । यस हिसाबले यो कम्पनीमा एकै मिनेटमा ५३ रुपैयाँ बढेको छ । यसले १० अंकभन्दा बढीले घटेको बजार पनि फर्केको थियो ।
हिजो भएको चलखेलले घटेको बजारलाई थप घटाउन सहयोग पुगेको छ । सामाजिक सञ्चालमै छरप्रष्ट हुने आएका यस्ता टिका टिप्पणीले यदि नियामक निकायले सही एक्सन लिने हो भने सेयर बजारको कारोबार सम्हालेर बसेका ब्रोकरलाई कुन दिन डण्डा लगाउँछ । नियामक निकायले सहि ढंगबाट तथ्यको विशलेषण गरेमा यसको मूल्य भारी पनि पर्न सक्ने लगानीकर्ताले बताएका छन् ।
लगानीकर्ताले आफूले सेयर बेचिसकेपछि पुनः ६१० मा ब्रोकरबाट सेयर बजार झारिएको पनि आरोप लगाए । हिजो सेयर बजार २३.६० अंकले घटेको छ ।
बजारमा भएको चलखेललाई सुक्ष्म रुपले अध्ययन गर्ने हो भने बजार ऐन कानुनमा चलेको छैन, ब्रोकरहरूले आफूले चाहेको जसरी चलाइरहेका छन् भन्ने हो । उनीहरूले बजार घटाउन चाहे बजार सोही रुपमा घट्छ भने बजार बढाउन चाहे सोही रुपमा बढ्छ भन्ने स्पष्ट देखिसकेको छ । समग्रमा बजार सिष्टममा चलेको देखिदैन भन्ने लगानीकर्ताहरूको ठम्याइ रहेको बुझिएको छ ।