घट्दो बजारमा पनि बढी कारोबार गर्ने यी हुन् ‘टप टेन’ ब्रोकर

काठमाडौं । राजनीतिक अन्योलताका कारण सेयर बजार घट्दो अवस्था देखिएको छ । आज सोमबार २३.६० अंकले घटेको बजारमा कारोबार रकम भने बढेको नै छ । १ अर्ब ९४ करोड रुपैयाँको कारोबारमा सबैभन्दा बढी कारोबरा नासा सेक्युरिटिज्ले गरेको छ ।

जहिले पनि सेयर कारोबारमा टपमा रहने नासा सेक्युरिटिज्ले जम्मा ४० करोड ६२ लाखको कारोबार गर्दा १६ करोड २ लाख रुपैयाँको सेयर बिक्री गरेर २४ करोड ६० लाख रुपैयाँको सेयर खरिद गरेको छ ।

दक्षिणकाली इन्भेष्टमेन्ट सेक्युरिटिज्ले कुल १९ करोड ११ लाखको कारोबार गर्दा जम्मा ३ करोड ५७ लाखको बिक्री गरेर १५ करोड ५४ लाखको सेयर खरिद गरेको हो । १८ करोड ८७ लाख रुपैयाँको सेयर कारोकार गरेको इम्पेरियल सेक्युरिटिज्ले ९ करोड ५९ लाखको सेयर बिक्री गरेर ९ करोड २७ लाखको सेयर खरिद गरेको छ ।

त्यसरी नै १८ करोड ७ लाख रुपैयाँ सेयर कारोबार गरेको कोहिनुरले १० करोड ८३ लाखको सेयर बिक्री गरेर ७ करोड २४ लाख रुपैयाँको मात्रै सेयर खरिद गरेको छ । थ्राइभ ब्रोक्ररेज हाउसले १७ करोड ८८ लाखको कारोबार गरेको छ । थ्राइभले १४ करोड ९८ लाखको बिक्री गरी २ करोड ८९ लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको छ ।

१० करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार गरेको अग्रवाल सेक्युरिटिज्ले ४ करोड ७५ लाख रुपैयाँको सेयर बिक्री गरेर ६ करोड ९ लाख रुपैयाँको खरिद गरेको छ । १५ करोड ५९ लाख रुपैयाँको सेयर कारोबार गरेको भिजन सेक्युरिटिज्ले ८ करोड २० लाख रुपैयाँको सेयर खरिद गरी ७ करोड ३९ लाख रुपैयाँको सेयर खरिद गरेको छ ।

आर्यतार इन्भेष्टरले ११ करोड ९ लाखको कारोबारमा ५ करोड ९८ लाख बिक्रीको हो भने ५ करोड ११ लाख खरिद हो । अग्रवाल सेक्युरिटीज्को १० करोड ८५ लाखको कारोबारमा ४ करोड ७५ लाख बिक्रीको हो भने ६ करोड ९ लाख सेयर खरिदको हो ।

त्यस्तै १० करोड ७४ लाख रुपैयाँको कारोबार गरेको अनलाइन सेक्युरिज्ले ४ करोड ८४ लाखको सेयर बिक्री गरेर ५ करोड ९० लाख रुपैयाँको सेयर खरिद गरेको छ । १० करोड ५२ लाख रुपैयाँको कारोबार गरेको दिव्य सेक्युरिटिज्ले ३ करोड ८२ लाखको सेयर बिक्री गरेर ३ करोड ९५ लाख रुपैयाँको सेयर खरिद गरेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स