मोलुङ हाइड्रोपावरको आईपीओमा ५.६७ गुणाबढी आवेदन

काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा ५.६७ गुणाबढी आवेदन परेको छ ।

सोमबार साँझ ५ः११ बजेसम्ममा ११ लाख ४४ हजार १३९ जना आवेदकले १ अर्ब २८ करोड ५९ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड २८ लाख ५९ हजार ५० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्कासन गरेको २२ लाख ६४ हजार ६५५ कित्ता सेयरको ५.६७ गुणा बढी हो ।

कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि १०० अंकित दरका कुल २७ लाख २८ हजार ५०० कित्ता आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले ५ प्रतिशतले हुन आउने १ लाख ३६ हजार ४२५ कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ५४ हजार ५७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी २२ लाख ६४ हजार ६५५ कित्तामा भने सर्वसाधारण आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ८ हजार कित्ताको लागि दिन सकिने छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी९आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा तथा सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासनको लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीको आईपीओमा माग भन्दाबढी आवेदन परेकोले फागुन १० गते बन्द हुनेछ।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय, र विदेशमा रहेका नेपाली श्रमिकलाई सेयर निष्कासन गरि बाँडफाँट गरि सकेको छ ।

कम्पनीले ओखलढुंगामा ७ मेगावाटको मोलुङखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७४ चैत्र १२ गतेदेखि व्यापरिक उत्पादन गर्दै आईरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स