एक लघुवित्त सहित तीन कम्पनीको सेयरमूल्य समायोजन, बुधबार कतिमा खुल्दैछ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक लघुवित्त सहित तीन कम्पनीको सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले स्वावलम्बन लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक र ङादी ग्रुप पावरको सेयर मूल्य समायोजन गरेको हो ।

यी तीन कम्पनीले बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

जसमा स्वावलम्बन लघुुवित्तको १५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आज सेयरबजार बन्द हुनुभन्दा अघि ११३० रुपैयाँका आधारमा १५ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य ९८२.६१ रुपैयाँ कायम गरेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले ३२६ रुपैयाँका आधारमा ५ प्रतिशत बोनस वितरणपछिको सेयरमूल्य ३१०.४८ रुपैयाँ कायम गरेको छ ।

्त्यस्तै, ङादी ग्रुप पावरको ४.७५ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन भएको छ । नेप्सेले २७६ रुपैयाँको आधारमा नेप्सेले ४.७५ प्रतिशत बोनस सेयर वितरणपछिको सेयरमूल्य २६३.४८ रुपैयाँ कायम गरेको छ ।

योसँगै, अब नेप्सेले समायोजन गरेको मूल्यका आधारमा बुधबारबाट कारोबार हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स