करिब दुई अर्बको कारोबार हुँदा यस्ता छन् सर्वाधिक सेयर खरिदबिक्री हुने टप १० कम्पनी

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक २३.६० अंकले घटेर २०४६.८१ अंक विन्दुमा आइपुगेको छ ।

आज ६० लाख ९१ हजारको कित्ता सेयर १ अर्ब ९४ करोड ७६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३२ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७७ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २० करोड ८२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, साल्ट ट्रेडिङको ११ करोड ४८ लाख, जीवन विकास लघुवित्तको ६ करोड ५५ लाख, एनआइसी एसियाको ५ करोड ५५ लाख र सानिमा बैंकको ४ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स