माई खोला हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने, पायो बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले माई खोला हाइड्रोपावर लिमिटेडलाई आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई फागुन ३ गते आईपीओ निष्कासनको लागि अनुमति प्रदान गरेको हो ।

योसँगै अब माई खोलाले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरि कुल १९ करोड २१ लाख ५६ हजार ८ सय रुपैयाँ बराबरको १९ लाख २१ हजार ५ सय ६८ कित्ता सेयर निष्कासन गर्ने छ।

कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ।

कम्पनीले गत भदौ २२ गते आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन दिएको थियो ।

माईखोला हाइड्रोले इलाम कै माईखोलामा ४.५ मेगावाटको आयोजना निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स