नेप्सेमा एक बैंकसहित दुई कम्पनीको कुल एक करोड ११ लाख कित्ताबढी बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक बैंकसहित दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ।

शुक्रबार हिमालयन बैंक र राधी विद्युत कम्पनीको गरी कुल एक करोड ११ लाख कित्ताबढी बोनस सेयर सूचीकृत भएको हो ।

जसमा हिमालयन बैंकको ८ प्रतिशत दरका कुल एक करोड ३ लाख ७४ हजार ९८० कित्ता र राधी विद्युत कम्पनीको ४.७५ प्रतिशत दरका कुल ७ लाख ५९ हजार ९९० कित्ता गरी कुल एक करोड ११ लाख ३४ हजार ९७० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स