सुपरमाई हाइड्रोपावरको आईपीओ बाँडफाँट सम्पन्न, ४१ हजार ५ सय जनाले पाए १० कित्ता सेयर, यसरी हेर्नुस् नतिजा

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । शुक्रबार बिक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नै कार्यालयमा सेयर बाँडफाँट गरेको हो ।

कम्पनीको आईपीओमा कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो । जस मध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँट गरिएको छ । गोलाप्रथाबाट कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् भने बाँकी रहेका आवेदक हात खाली भएका छन् ।

कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीका कर्मचारीलाई १० हजार कित्ता र आम सर्वसाधारणलाई ४ लाख १५ हजार कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

नतिजा प्रकाशन भएपछि यी ३ तरिकाबाट हेर्न सकिने छ:

१. बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट: https://www.sanima.capital/,
२.सिडीएससीको मेरोशेयरको वेबसाइट : meroshare.cdsc.com.np/#/login,
३.सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइटबाट नतिजा हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स