यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । बिहीबार, नेप्से परिसूचक २१.१५ अंकले घटेर २०७०.४१ अंक विन्दुमा आइपुगेको छ ।

आज ४७ लाख ४७ हजारको कित्ता सेयर १ अर्ब ६८ करोड ४९ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको घटेको छ भने ४ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, सानिमा लार्ज क्याप फण्डको ७.६५%, राप्ती हाईड्रो एण्ड कन्स्ट्रकको ५.२३%, प्रभु सेलेक्ट फण्डको २.०९%, सबैको लघुवित्तको २.०२% र इमजिङ नेपालको १ं९४ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, युनिलिभर नेपाल लिमिटेडको ५.९१%, सिटिजन म्युचुअल फण्डको ५.७८%, सपोर्ट माइक्रोफाइनान्सको ५.५१%, सिनर्जी पावर डेभलपमेन्टको ४.२९% र धौलागिरी लघुवित्तको ४.२३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स