सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने मिति तय, ४१ हजार ५०० जनाले मात्र सेयर हात पार्ने

काठमाडौं । सुपर माई हाइड्रोपावरको आईपीओ बाँडफाँट हुने मिति तय भएको छ । कम्पनीको बिक्री प्रबन्धक सानिमा क्यापिटलले आईपीओ शुक्रबार (फागुन ५ गते) बाँडफाँट गर्ने तयारी गरेको हो । यद्यपि क्यापिटलले समय भने तय नभएको जनाएको छ ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा ३७.१२ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा मागभन्दा आवेदन परेकोले गोलाप्रथाबाट सेयर बाँडफाँट हुनेछ । कम्पनीको आईपीओमा १३ लाख ८६ हजार ८०२ जनाले कुल १ करोड ५४ लाख ६ हजार ६० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ४१ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ४५ हजार ३०२ जनाको भने हात खाली हुनेछ ।

कम्पनीले माघ २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणका लागि ४१ हजार ५०० कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले सर्वसाधारणका लागि जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँबराबरको आईपीओ जारी गरेको हो। जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ जारी गरेको छ।

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० कित्ता हजार सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ। त्यस्तै ५ प्रतिशतले हुन आउने २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १० हजार कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म खरिद आवेदन दिएका छन् ।

कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स