यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

बुधबार, नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४८ लाख १५ हजारको कित्ता सेयर १ अर्ब ७३ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, यूनिलिभर नेपाल लघुवित्तको ८.५४%, वाराही हाइड्रोपावरको ७.५०%, कर्पोरेट डेपलभमेन्ट बैंकको ४.१७%, अरुण भ्याली हाइड्रोपावरको ४.०१% र अरुण काबेली पावरको २.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, गरिमा डिभेन्चरको ९.९७%, विजय लघुवित्तको ४.७६%, महुली लघुवित्तको ४.४८%, पंचकन्या माई हाइड्रोपावरको ३.५०% र नेपाल इन्स्योरेन्सको ३.४६ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स