काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
बुधबार, नेप्से परिसूचक १३.९० अंकले घटेर २०९१.५६ अंक विन्दुमा आइपुगेको छ ।
आज ४८ लाख १५ हजारको कित्ता सेयर १ अर्ब ७३ करोड २५ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, ३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७६ वटा कम्पनीको घटेको छ भने ३ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, अपी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड २० लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, अरुण काबेलीको ५ करोड ४८ लाख, एनआईसी एसियाको ४ करोड ६९ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ७८ लाख र न्याङदी ग्रुप पावरको ३ करोड ७२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।