नेप्से १६ अंकले घट्दापनि यस्ता छन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा गिरावट आएको छ ।

मंगलबार, नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ अंक विन्दुमा आइपुगेको छ ।

आज ४६ लाख ८५ हजारको कित्ता सेयर १ अर्ब ७८ करोड ७० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ४५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६२ वटा कम्पनीको घटेको छ भने ८ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ७ करोड ७५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, न्याङदी ग्रुप पावरको ७ करोड ७४ लाख, एनआईसी एसियाको ६ करोड ९० लाख, नेपाल इन्स्योरेन्सको ४ करोड ७२ लाख र अपी पावरको ४ करोड ५१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स