काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भइ लाभांश घोषणा गरेका कम्पनीहरूको सेयर मूल्य यति बेला धितोपत्र बजारमा विशेष माने राख्दछ ।
लाभाशं घोषणा गरिसकेका कम्पनीहरूको सेयर मूल्य सेयरमा खेल्न सक्ने खेलाडीहरूका लागि रातारात बलियो पुँजी वृद्धिको आधार समेत बन्ने गरेको छ । यसैबीच केही कम्पनीहरूले गत आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट लाभांश घोषणा गरिपनि सकेका छन् ।
युनिलिभर नेपालले आफ्ना सयेरधनीहरूलाई ६५० प्रतिशत लाभांश दिदैछ । उक्त कम्पनीको सेयर कारोबार आज सोमबार १९ हजार १२ रुपैयाँ रहेको छ भने उक्त कम्पनकिो बुक क्लोज असोज २५ गते हुने जानकारी दिइएको छ । त्यसैले सेयरमा खेल्न सक्ने खेलाडीले उक्त कम्पनीको सेयर अहिले नै खरिद गरेर आफ्नो लाभांश सुरक्षित गर्न सक्नेछन् ।
उक्त कम्पनीको चुक्ता पुँजी ९ करोड २० लाख ७० हजार रहेको छ छ भने कम्पनीले गत आर्थिक वर्षमा ८५ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ ।
नेपाल ल्युब आयल ३५ प्रतिशत लाभांश ३० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभाशं दिने घोषणा गरेको छ भने कम्पनीको बुक क्लोज असोज ५ गते हुँदैछ । आज सोमबार उक्त कम्पनीको सेयर प्रतिकित्ता सेयर मूल्य ३१६ रुपैयाँमा कारोबार भएको छ । कम्पनीको चुक्ता पुँजी २ करोड ६९ लाख ४३ हजार ९ सय रुपैयाँ रहेको छ ।
साधना लघुवित्त वित्तीय संस्था २६.३२ प्रतिशत आभांश दिने घोषण गरेको छ । कम्पनीले बोनस सेयर २५ प्रतिशत र नगद १.३२ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । प्रतिकित्ता कारोबार रकम १७३७.१० रुपैयाँ रहेको छ । कम्पनीको बुक क्लोज तोकिएको छैन । चुक्ता पुँजी २५ करोड ६९ लाख ८ हजार ४ सय रुपैयाँ छ भने नाफा ११ करोड ७० लाख ९५ हजार रुपैयाँ रहेको छ ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था गत आवको नाफाबाट २५ प्रतिशत बोनस सेयर दिने घोषण गरेको । आज उक्त कम्पनीको प्रतिसेयर कारोबार रकम १५२८ रुपैयाँ भएको छ भने बुक क्लोज तोक्न बाँकी छ । कम्पनीको चुक्ता पुँजी ४१ करोड १२ लाख ७९ हजार रुपैयाँ रहेको छ भने गत आवको नाफा १५ करोड ४३ लाख रुपैयाँ गरेको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्था २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कम्पनीले बुक क्लोजको मिति तोकिएको छैन । कम्पनीको चुक्ता पुँजी ४३ करोड २५ लाख ९१ हजार ५ सय रहेको छ । कारोबार रकम १५१५ रुपैयाँ रहेको छ । नाफा २० करोड १ लाख नाफा रहेको छ ।
फष्ट माइक्रोफाइनान्स १०.५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले ०.५३ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीले लाभांश घोषणा गरेपनि बुक क्लोजको मिति तोकेको छैन । कम्पनीकोप्रतिसेयर कारोबार रकम ९९१ रुपैयाँ रहेको छ । चुक्ता पुँजी ८७ करोड ६८ लाख ११ हजार २ सय रुपैयाँ रहेको छ । कम्पनीको खुद नाफा १४ करोड १५ लाख ३८ हजार रहेको छ ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था २१.०५३ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगद लाभाशं दिने भएको छ । कम्पनीले बुक क्लोज असोज २८ गते गर्ने भएको छ । प्रतिकित्ता सेयर कारोबार १६४८ रुपैयाँ रहेको छ । चुक्ता पुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६ सय रहेको छ भने कम्पनीको नाफा ७१ करोड ३७ लाख २९ हजार रहेको छ ।
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी १०.५२६ प्रतिशत लाभांश दिने भएको छ । १० प्रतिशत बोनस र ०.५२६ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीलले असोज ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार १०० रुपैयाँ रहेको छ । आज कम्पनीको प्रतिकित्ता कारोबार ६०१ रुपैयाँमा कारोबार भएको छ । कम्पनीले खुद नाफा ८ करोड ७ लाख ६८ हजार रहेको छ ।