नेप्से ६० अंकले घट्दा पनि हिमालयन डेष्टिलरीसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा पहिरो गएको छ ।

आइतबार, नेप्से परिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ अंक विन्दुमा आइपुगेको छ ।

आज ८१ लाख ३९ हजारको कित्ता सेयर ३ अर्ब ४ करोड ७७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा २०७ वटा कम्पनीको घटेको छ ।

त्यसैगरि, हिमालयन डेष्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १४ करोड ३७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, न्याङदी ग्रुप पावरको ११ करोड २९ लाख, अपी पावरको ७ करोड ८० लाख, उपर तामाकोसीको ७ करोड ७६ लाख र एनआइसी एसियाको ७ करोड ७१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स