दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले फागुन ८ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले दैलेख जिल्लाका आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई पहिलो चरणको सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले दैलेखका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता सेयर निष्कासन गर्न लागेको हो । जस मध्ये आयोजनाको अति प्रभावित क्षेत्र साविकका नौमुले र कालिका गाविसका स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर र यस बाहेकका दैलेख जिल्ला अन्य स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता सेयर निष्कासन गर्ने छ ।

१ लाख ७ हजार २ सय ९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्कासन हुने छ ।

स्थानीयलाई निष्कासन गरिएको सेयरमा छिटोमा फागुन १५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र ७ गतेसम्म आवेदन दिन सकिने छ । श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई छुट्याईएको सेयरमा फागुन १५ गतेसम्म मात्र आवेदन दिन सकिने छ।

लगानीकर्ताले आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ता सेयरको लागि आवेदन दिन सक्ने छन् । कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटललाई नियुक्त गरेको छ ।

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्कासन गरिएको आईपीओ बाँडफाँट भएपछि कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने छ ।

दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि बिजुली उत्पादन गरिरहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स