प्रभु, माछापुच्छे बैंक, स्ट्यान्डर्ड चाटर्ड र मुक्तिनाथ विकास बैंक ए वर्गमा बढोत्तरी

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचिकृत कम्पनीहरुको वर्गिकरण पुनरावलोकन गरेको छ । नेप्सले साउन २९ गते कम्पनीहरको वर्गिकरण सूची सार्वजनिक गरेको थियो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ को उपवियिम ८ बमोजिम सूचीकृत कम्पनीको वर्गिकरण गरेको थियो । उक्त विनियमावली ११ को उपविनियम ९ मा व्यवस्था भए बमोजिम उक्त वर्गिकरणमा पर्नु नपर्नुको कारण सहित ३५ दिन भित्र उक्त वर्गिकरणमा पर्नु पर्ने दावी सहितको आवेदन माग गरिएको थियो । नेप्सेले तोकिएको म्याद भित्र निवेदन पर्न आएको कम्पनहिरुको वर्गिकरण पुनरावलोकन गरेको छ ।

नेप्सेले सार्वजनिक गरेको साउन २९ गतेको वर्गिकरणमा प्रभु बैंक, माछापुच्छे बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, मुक्तिनाथ विकास बैंक र गुडविल फाइनान्स जेड वर्गको वर्गिकरणमा परेका थिए । वर्गिकरण पुनरावलोकनमा भने प्रभु बैंक, माछापुच्छे बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र मुक्तिनाथ विकास बैंक ए वर्गमा सूचिकृत भएका छन् ।

गुडविल फाइनान्स फाइनान्स भने बी वर्गमा सूचिकृत भएको छ ।

यस अघि पनि जेड वर्गमा परेको ग्रिन डेभलपमेण्ट बैंक भने पुन जेडमै सूचिकृत भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स