एशियन हाइड्रोपावरको आईपीओ पहिलो दिनमै २.७२ गुणाबढी आवेदन

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडको आईपीओ पहिलो दिनमै २.७२ गुणाबढी आवेदन परेको छ ।

शुक्रबार दिउँसो १ः४६ बजेसम्ममा १ लाख ६७ हजार ५२२ जना आवेदकबाट १८ करोड ९७ लाख रुपैयाँ बराबरको १८ लाख ९७ हजार कित्ता सेयरको लागि आवेदन परेको हो ।

जुन सर्वसाधारणलाई निष्कासन गरेको ६ लाख ९७ हजार २०० कित्ता सेयरको २.७२ गुणा बढी हो ।

कम्पनीले आज (माघ २७ गते)देखि सर्वासाधारण र वैदेशिक रोजगारीमा गएकालाई पनि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीको आईपीओमा सर्वसाधारणले ६ लाख ९७ हजार २०० कित्ता प्राथमिक सेयरमा आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा गएकालाई कम्पनीले ८४ हजार कित्ता छुट्याएको छ ।

कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २४.७१ प्रतिशत प्राथमिक सेयर जारी गरेको छ । १०० रुपैयाँ अंकित मूल्यमा यो कुल ८ लाख ४० हजार कित्ता हुन्छ। यसको १० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुको भाग हो।

५ प्रतिशत अर्थात ४२ हजार कित्ता म्युचुअल फण्ड र २ प्रतिशत अर्थात् १६ हजार ८ सय कित्ता कर्मचारीहरुको हिस्सा हो। बाँकीमा सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

आवेदकले कम्तिमा १० कित्ता सेयरका लागि आवेदन पेस गर्नुपर्नेछ । अधिकतम २० हजार कित्तासम्म पाइन्छ । आईपीओमा मागभन्दा बढी आवेदन परेकोले फागुन २ गते बन्द हुनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा सदस्य प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स