सुपरमाई हाइड्रोपावरको आईपीओमा अन्तिम दिन सम्म कति पर्यो आवेदन ?

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा अन्तिम दिन सम्ममा ३७.१२ गुणाबढी आवेदन परेको छ ।

बिहीबार साँझसम्ममा १३ लाख ८६ हजार ८०२ जना आवेदनबाट एक अर्ब ५४ करोड ६ लाख ६ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ६ हजार ६० कित्ता सेयरको लागि आवेदन परेको हो ।

जुन सर्वसाधारणलाई निष्कासन गरेको ४ लाख १५ हजार कित्ताको ३७.१२ गुणा बढी हो ।

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँबराबरको आईपीओ जारी गरेको हो। जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ जारी गरेको छ।

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० कित्ता हजार सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ। त्यस्तै ५ प्रतिशतले हुन आउने २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १० हजार कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म खरिद आवेदन दिएका छन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स