काठमाडौं । बिहीबार, नेप्से परिसूचक १२.४३ अंकले बढेर २१८२.६१ अंक विन्दुमा आइपुगेको छ ।
आज ५६ लाख ४८ हजारको कित्ता सेयर २ अर्ब ६ करोड २० लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, १५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५८ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।
त्यसैगरि, बाराही हाइड्रोपावरको सेयरमा १० प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।
विजया लघुवित्तमा ५.९२%, जोशि हाइड्रोपावरमा ५.६३%, न्यादि हाइड्रोपावरमा ५.३५%, इष्टर्न हाइड्रोपावरमा ५.३१ प्रतिशतले सेयर मूल्य बढेको छ ।
त्यस्तै, नबिल ब्यालेन्स फण्ड ३ को ५.७५%, गुराँस लघुवित्तको ४.१६%, लक्ष्मी उन्नतीको ३.९३%, आदर्श लघुवित्तको ३.४९%, वीन लघुवित्तको २.६९ प्रतिशतले सेयर मूल्य घटेको छ ।