नेप्सेमा हरियाली छाएसँगै यस्ता छन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ ।

बिहीबार, नेप्से परिसूचक १२.४३ अंकले बढेर २१८२.६१ अंक विन्दुमा आइपुगेको छ ।

आज ५६ लाख ४८ हजारको कित्ता सेयर २ अर्ब ६ करोड २० लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १५२ वटा कम्पनीको सेयर मूल्य बढ्दा ५८ वटा कम्पनीको घटेको छ भने ६ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अपी पावरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ८६ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ५ करोड ७३ लाख, न्याङदी ग्रुप पावरको ५ करोड ३३ लाख, स्टयान्डर्ड चार्टर्डको ४ करोड ८६ लाख र रिडी पावरको ४ करोड ४० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स