काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरेकै दिन सेयर बजारमा सय अंकभन्दा माथिले घटेको छ । सेयर बजारका लगानीकर्ताले विनियोजन विधेयकलाई विश्वास नगरेको देखिएको छ ।
सोमबार नेप्से ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा ओर्लिएको छ । आज क वर्गका कम्पनीका सूचक मापदन गर्ने सेन्सेटिभ इन्डेक्स १९.५१ अंकले घटेको छ ।
२२५ कम्पनीका १ लाख ७ हजार ५९६ पटक सेयर कारोबार भएको छ । १ करोड ७३ लाख ३० हजार कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ४९ करोड ३४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज सबै उपसमूह घटेका छन् । सबैभन्दा उच्च गिरावट लाइफ इन्स्योरेन्स उपसमूहमा देखिएको छ । लाइफ इन्स्योरेन्स उपसमूह ८०० अंकले घटेको छ ।