आजको बजार घटाउन नासा सेक्युरिटीको विशेष रोल

काठमाडौं । केहि समयदेखि सुस्ताएको सेयर बजार राष्ट्र बैंकबाट प्रकाशित सकारात्मक वित्तीय सूचकांकहरूको समाचारले हिजो ७६.६४ अंकले बढेको सेयर बजार आज कारोबार रोकिदाको अन्तिम समयमा आएर छिनो अंकका साथ ७.१३ अंकले बजार सामान्य करेक्सन भएर रोकिएको छ ।

प्राविधिक विश्लेषण अनुसार बजार डोहोर्याउन कोशिस गर्ने नाशा सेक्युरिटी ब्रोकरहरू ठूलो कारोबार सहित अग्रणी स्थानमा प्रर्दछ । ऊ आफू अनुकूल सेयर बजारलाई डोहोर्याउने र तद अनुरुप मेरो लगानीको सफ्टवेयरको चार्ट बनाउन लागि परेको हुन्छ ।

केहि दिन अगाडि २०५० अंकको सपोर्ट देखाउँदै यदि त्यहाँ नरोकिए २००० सम्म पनि आउन सक्ने चार्ट विश्लेषण गरेको मेरो लगानीले २०८७.२० भन्दा तल नआएपछि ऊ यथेष्ट सेयर किन्न नपाउँदै राष्ट्र बैंकको सकारात्मक सुध्रिएको वित्तीय परिसूचकको तथ्यांकले बजारमा सकारात्मक प्रभाव पारी हिजो ७६.६४ अंकले वृद्धि भएको थियो ।

त्यहि मौकामा हिजो किन्न नपाएका लगानीकर्ताहरूलाई आज नाशा सेक्युरिटीले ५३ करोड ९८ लाख ३८ हजार ५५६ रुपैयाँको सेयर बिक्री गर्दा २४ करोड ३८ लाख ६३ हजार ८८४ रुपैयाँको मात्रै बिक्री गरेको छ । जसले आजको सेयर बजारको कारोबारमा बजारमा करेक्सन देखाउन ठूलो भूमिका खेलेको छ । जुन कारोबार विगतको उधारो सेटलमेन्टका लागि बिक्री चाप भएको पनि बुझिएको छ भने विशेष गरी आफूले गरेको प्राविधिक विश्लेषणलाई सफल बनाउन पनि यो कारोबारले विशेष भूमिका खेलेको छ ।

अन्य टप टेन कारोबार गर्ने ब्रोकरहरूमा अधिकांशको बिक्रीको तुलनामा खरिद चापनै परेको देखिन्छ भने ५८ नम्बर ब्रोकरको मात्रै खरिदभन्दा अत्याधिक बिक्री चाप देखिन्छ । जसले सेयर बजार बुल चरणमा प्रवेश गर्दै गर्दा अझै बजार घट्छ कि भन्ने लगानीकर्ताहरू सशंकित भएका छन् । जुन ७६.६४ अंक बढेपछि ७.१३ अंक घट्नु बजारको लागि अत्यन्त सान्दर्भिक र उपयुक्त हो भन्ने अनुभवी लगानीकर्ताको भनाइ रहेको छ ।

एक/दुई दिनमै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाले पनि पुँजी बजारलाई विगतका कसिला नीतिहरूलाई केहि सहजीकरण गरेर १२ को सीमा पनि केहि हेरफेर हुने र रिक्स वेटेजलाई पुर्नविचार गरिने सकारात्मक समाचारहरू आउने तयारी अवस्था भएकोले पनि र पुँजी बजार बुल चरणमा प्रवेश गर्दै गरेको अवस्था जुन एकुमुलेसन फेज चलिरहेको अवस्थामा लगानीकर्ताहरूलाई अत्याउने र मत्याउने दुबै खालका समाचार र परिस्थितिले उद्धेलित बनाउँछ ।

तर, आर्थिक सूचकांकहरू सुध्रिदै गएको छ भने सेयर बजारको भविष्य पनि सहज र सुन्दर बन्दै गहिरहेको अनुभवी लगानीकर्ताहरू ठम्याइ रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स