सुपरमाई हाइड्रोपावरको आईपीओमा २८.८९ गुणाबढी आवेदन

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडको आईपीओमा २८.८९ गुणाबढी आवेदन परेको छ ।

बुधबार साँझसम्ममा १० लाख ६८ हजार ८५० जना आवेदनबाट एक अर्ब १९ करोड ९१ लाख १९ हजार रुपैयाँ बराबरको १ करोड १९ लाख ९१ हजार १९० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।

जुन सर्वसाधारणलाई निष्कासन गरेको ४ लाख १५ हजार कित्ताको २८.८९ गुणा बढी हो ।

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणका लागि जारी पुँजी ५० करोड रुपैयाँको १० प्रतिशत हुन आउने ५ करोड रुपैयाँबराबरको आईपीओ जारी गरेको हो। जसअनुसार १०० अंकित दरका कुल ५ लाख कित्ता आईपीओ जारी गरेको छ।

कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ५० कित्ता हजार सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिसकिएको छ। त्यस्तै ५ प्रतिशतले हुन आउने २५ हजार कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १० हजार कित्ता कर्मचारीलाई छुट्याएको छ। बाँकी ४ लाख १५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २० हजार कित्तासम्म खरिद आवेदन दिन सक्नेछन्।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी९आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स