गलत काम गर्दिन, राम्रो काम गर्न डराउँदिनः सेबोन अध्यक्ष हमाल

ठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले गलत काम गर्दिन, राम्रो काम गर्न नडराउने बताएका छन् । हमालले राम्रो काम गर्न आफू नडराउनेपनि पत्रकार सम्मेलनमा बताए । ‘बोर्ड अध्यक्ष हमालले आफू बोर्डको नेतृत्वमा आएको ११ महिनामै विभिन्न कानुन संशोधनदेखि इन्साइडर ट्रेडिङको खोजी कारवाहीसम्म गरेको बताउँदै राम्रो कामका गर्न कोहीसँग डराउँदिन,’ उनले भने ।

आफूलाई लगाएको आरोप सत्य भएर आफू टुँडिखेलमा झुण्डिन तयार भएको बताएका छन् । आफ्नो बारेमा चरित्र हत्या हुने गरी समाचार प्रकाशित भएको छ , यदि त्यो समाचार सत्य भएमा आफू झुण्डिन तयार भएको बताएका हुन् । आज आयोजित पत्रकार सम्मेलनमा हमालले भने ‘ म अहिले ५५ वर्षको भए । मैले कुनै गल्ती गरेको प्रमाणित भयो भने टुँडिखेलमा लगेर झुण्ड्याउनु होला ।’

बोर्डका अध्यक्ष हमाललाई आईपीओ स्वीकृत गर्दा बिचौलियामार्फत घुस मागेको आरोप लगाइएको थियो । बुक बिल्डिङ प्रक्रियामार्फत रियल सेक्टरका कम्पनी आउने प्रक्रियामा पनि हमालले भाँजो हालेको आरोप मिडियाले लगाएका छन् ।

बोर्डको कार्य सम्पादन, निष्काशन अनुमति प्रकृया र विद्यमान अवस्था’ सम्बन्धि अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्ष हमालले पुँजी बजार विकास र विस्तारका लागि आफूले दर्जन भन्दा बढी काम गरेसकेको जानकारी दिए ।

‘मबाट गल्ती भएका रहेछ भने सरकार र सम्बन्धित पक्षले अनुसन्धान गरोस्,’ उनले भने ‘दोहोरो नागरिकताको विषयमा अदालतले समेत फैसला गरिसकेको छ । मेरो नागरिकतामा शंका भए पत्रिकामा जाने की अदालतमा जाने ? अदालतमा गए यो विषय एक दिनमै टुंगो लाग्छ ।

मेरो छोरा थाइल्याण्डमा जन्मिएको हो तर, उसको पनि नेपाली नागरिकता छ । त्यसैले, म आफ्नो मातृभूमीको सौदा गर्दिन । दोहोरो नागरिकता लिनलाई म अन्य देशमा बसेको हैन । म आफ्नो व्यवसाय विस्तार, फाइनान्सियल एक्पोटिज लिनको लागि र परिवारलाई राम्रो सुखमय जीवन दिनको लागि विदेश बसेको हुँ । त्यसको लागि मैले कुनै देशको दास बनेर वा नागरिकता लिएर बस्नु नपर्ने उनले बताए ।

नेपालको पुँजी बजारको विकास, विस्तार र लगानीकर्ताहरुको हित संरक्षणको लागि बोर्डको नेतृत्वमा आएको हुँ । अध्यक्ष पदको लोभमा जागिरै खानु बोर्डमा आउनु पर्ने मान्छे म हैन । ‘मलाई ५० लाख जनताले मन पराए भने मेरो लागि ठूलो खुसीको कुरा हो । मलाई आक्षेप लगाउनु अघि मेरो पृष्ठभुमि बुझेर लगाएको भए हुन्थ्यो,’ उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स