नेप्से ४ अंकले बढ्दा एनआइसी एसियासहित यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । साताको दोस्रो दिन नेप्से सामान्य अंकले बढेको छ ।

सोमबार, नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ अंक विन्दुमा आइपुगेको छ ।

आज ३९ लाख २२ हजारको कित्ता सेयर १ अर्ब ४७ करोड ४१ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०४ वटा कम्पनीको सेयर मूल्य बढ्दा ९५ वटा कम्पनीको घटेको छ भने १७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, एनआइसी एसियाको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ६ करोड ४५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यस्तै, युनिर्भशल पावर कम्पनीको ५ करोड ३५ लाख,नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ८९ लाख, हिमालयन डेष्टिलरीको ४ करोड ७७ लाख, आशा लघुवित्तको ४ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स