नेप्सेद्वारा १५ दिनभित्र सूचीकृत कम्पनीहरुलाई वर्गीकरणका लागि आवश्यक विवरण पठाउन निर्देशन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाहरुको वर्गीकरणका लागि आवश्यक विवरण पठाउन अनुरोध गरेको छ।

सोमबार नेप्सेले सूचना जारी गर्दे वर्गीकरणका लागि आवश्यक विवरण पठाउन सूचीकृत संगठित संस्थाहरुलाई निर्देशन दिएको हो।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गीकरण गर्नुपर्ने व्यवस्था भएकोले सोका लागि आवश्यक विवरण पठाउन नेप्सेले सूचित गरेको छ।

नेप्सेले विवरणहरु यही फागुन १० गतेसम्म कार्यालय समयभित्र प्राप्त हुने गरी वा लिस्टिङ शाखाको ई-मेलमार्फत उपलब्ध गराउन आग्रह गरेको छ।

यस्तो छ कम्पनीले पठाउनु पर्ने विवरणको ढाँचा :

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स