यस्ता छन् आज सर्वाधिक कमाउने र गुमाउने १० कम्पनी

काठमाडौं । साताको पहिलो दिन नेप्से सामान्य अंकले बढेको छ ।

आइतबार, नेप्से परिसूचक १.५४ अंकले बढेर २०९६.०८ अंक विन्दुमा आइपुगेको छ ।

आज ५२ लाख ६ हजारको कित्ता सेयर १ अर्ब ९३ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, १०८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १०१ वटा कम्पनीको घटेको छ भने ७ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, आदर्श लघुवित्तमा लगातार १० प्रतिशतको सकरात्मक सर्किट लागि रहेको छ ।

पोखरा फाइनान्सको ८.४९%, सिद्धार्थ इक्विटी फण्डको ४.२९%, जानकी फाइनान्सको ४.१५%, चिलिमे हाईड्रोपावरको ४.०८%, मिथिला लघुवित्तको ४%, स्र्पोट माईक्रोफाइनान्सको ३.८१%, समता घरेलु लघुवित्तको ३.६६%, माहुली लघुवित्तको ३.३३% र सिक्लेस हाईड्रोपावरको ३.२८ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, इष्टर्न हाइड्रोपावरको -५.४५%, प्रभु बैंक डिभेन्चर २०८६ को -४.८६%, प्राइम लाइफ इन्स्योरेन्सको -३.८४%, पाचँथर पावर कम्पनीको -३.६३%, सयपत्री हाइड्रोपावरको -३.६३% प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स